हिन्दुवादको
प्रश्नमा दुई परस्पर विरोधी राजनीतिक स्वार्थहरु विच भविष्यमा टकराव हुने सम्भावना
बढि छ । वाहुनवादी र मधेशवादी शक्तिहरु भोली हिन्दुवादी मतदाता र भारतीय
संस्थापनको दवावमा उदार हिन्दुत्वको पक्षमा एकै ठाउंमा उभिए भने आश्चर्य
मान्नुपर्ने छैन ।
के कुरा प्रष्ट छ भने नेपालका कुनै पनि राजनैतिक
दल सतहमा देखिए जस्तो सरल रेखामा राजनीति गरिरहेका छैनन् । र त्यसको एउटै कारण के
हो भने यिनीहरु मुल्यको राजनीति गर्दैनन् । हिजोका सामन्तवादी राजनीतिक ढांचाले जे
कुरा सिकाएका छन्, कमोवेश सबै
राजनीतिक दलहरु त्यै उठापटक, षड्यन्त्र तथा
अनुचित बठ्याईंलाई अनुसरण गरिरहेका छन् ।
0 comments:
Post a Comment