दलहरु
प्रमुख दलका
नेताहरु आफ्नो कमी कमजोरीको आत्मसमीक्षा नगरी एक अर्कालाई दोष दिँदैछन्। माओवादी,
नेपाली कङ्ग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले देश र जनतालाई दलीय
स्वार्थभन्दा माथि राखेर काम गरेका भए नौ अर्ब खर्च भएर पनि केही उपलब्धि हासिल
नगरी संविधान सभा भंग हुने थिएन। वास्तवमा संविधान सभाबाट संविधान कसैले चाहेकै
थिएन, सत्ताका लागि उनीहरु
भिडिरहेका थिए। र त चार वर्षमा चार वटा सरकार बन्यो। माओवादीले जेजस्तो आश्वासन
जनतामा बाँडेका थिए, त्यो पूरा हुने
गरी संविधान बनाउन यो संरचनाको संविधान सभाबाट संभव थिएन। प्रचण्डले त एउटा
आन्तरिक भेलामा भनेकै थिए- यो संविधान सभाले संविधान बनाउँदैन। एमाले र
कङ्ग्रेसलाई पनि संविधान सभाबाट संविधान बनाउनु थिएन। माधव नेपालले त एक पटक
सार्वजनिक रुपमा भनेकै थिए- म त संविधान सभाको पक्षमा पनि थिइनँ। माओवादीहरुले नै
संविधान सभाबाट संविधान बनाऔँ भनेकाले हामीले मानेका हौँ। माओवादीमा जितको दम्भ र
एमाले-कङ्ग्रेसका शीर्ष नेतासमेत हारेको यो चुनावको रिसले पनि स्थिति चर्काउन
मद्धत गर्यो। दुई करोड नेपालीमा सबैलाई चित्त बुझ्ने गरी संविधान त बन्दैनथ्यो
नै। तर धेरैलाई चित्त बुझ्ने सम्झौताको संविधान बनाएर पछि त्यसलाई संस्थागत गर्दै
लान सकिन्थ्यो। तर फरक फरक दर्शन र वाद मान्ने शक्तिहरुबीचको संघर्षमा तानातान
हुँदा संविधान सभा भंग भयो। यो यत्तिकै भएको हैन, सबै दलले यसको रणनीतिक तयारी गरेकै देखिन्छ।आदिवाशी जनजाती आवाज
0 comments:
Post a Comment