कीर्तिपुर, कार्तिक १७ - दुई
युद्धमा पराजित गरेको रिसमा पृथ्वीनारायण शाहले काठमाडौं विजयपछि कीर्तिपुरमाथि
दमन भएको ठान्छन्, स्थानीय । यसैले कीर्तिपुर संस्थापनविरोधीको
रूपमा चिनिन्छ ।
'शाहवंशीय शासनमा कीर्तिपुरवासीले आफूमाथि थिचोमिचो भएको
ठानेकाले तिनमा विद्रोही भावना पैदा भयो,' स्थानीय बुद्धिजीवी
(त्रिभुवन विश्वविद्यालय, शिक्षा विभाग प्रमुख) शिवचरण महर्जनले भने, 'परिवर्तनको
एजेन्डा कम्युनिस्टमा देखेकाले त्यतै आकषिर्त भए ।' राणाकालमा पनि
कीर्तिपुरवासीमाथि अन्याय भएको मानिन्छ । महर्जनका अनुसार त्रिभुवन विश्वविद्यालय
निर्माणमा जग्गा अधिग्रहण भएपछि कीर्तिपुरवासी सत्तासँग थप आक्रोशित भए । कुल ६
हजार ५ सय रोपनी जग्गा अधिकरण हुँदा जग्गाधनीले निकै कम मुआब्जा पाएको उनले बताए ।
उनका अनुसार अधिकांश कीर्तिपुरवासीको जग्गा अधिग्रहणमा परेको थियो । मुआब्जा ३ सय
५० रुपैयाँदेखि ५ सय रुपैयाँ प्रतिरोपनीको दरले पाएका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/7/17/full-story/378611.html#sthash.7FJbGCws.dpuf
0 comments:
Post a Comment