हालसम्म नबदलिएका राज्यसत्ताको चरित्र
अन्तरीम संविधानले बहुजातीय र वहुभाषिक सामाजिक
स्थितिलाई सिद्धान्ततः स्वीकार गरेता पनि बिभिन्न भाषिक, धार्मिक, सांस्कृतिक र
जातीय समुदाय विच समानता दिलाउन सकेका छैनन् वरु परम्परागत सामन्ती शोषणको
कुचक्रलाई नै निरन्तरता दिएका छन् ।
एक भाषा, एक संस्कृति र एक धर्मको राज्यनीति अहिलेसम्म अपरिवर्तनशील
छ । राज्य पूर्णतया जातिवादी आधारमा चलिरहेकै छ । संविधान सभाको निर्वाचनपछि गठित
चारवटा कम्युनिष्ट सरकारहरुले राज्यको जातिवादी नीति र संस्कृतिलाई ठोस रुपमा
निरन्तरता दिए । यी सरकारहरुले कपटपुर्ण समावेशी नीति अख्तियार गरेर जातिय
बहिष्करण गरे । जातिय समुदायभित्रका केही सामन्त तथा बाठाहरुलाई सत्ताको जुठो
बांडेर भौतिक प्रतिनिधित्व गराए र समावेशी सत्ताको अभ्यास गरेको ढोंग रच्नपुगे ।
तर राज्यसत्ताको दुधखीरभित्र बाहुनवादी र त्यसका मतियारहरु वाहेकका समुदायहरुलाई
कहिल्यै पनि अर्थपुर्ण सहभागिता गर्न दिएनन् ।
0 comments:
Post a Comment