Breaking News
Loading...
######
Friday, June 28, 2013

वाहुनवादी बौद्धिक वर्गले अहिले पनि हिन्दूकरणको प्रक्रियालाई राष्ट्र निर्माणको प्रक्रियाका रुपमा लिईरहेका छन् जुन बिल्कुल गलत नीति हो । उनीहरुले के कुतर्क गरिरहेका छन् भने संस्कृतकरणले विविध संस्कृति भएका नेपालीहरुलाई एकै ठाउँमा बाँधेको छ । यसले विभिन्न समुदायहरुको व्यवहार र मूल्यमान्यताबीचमा समन्वय ल्याएको छ जसले गर्दा समाजका विविध समूहबीच अन्तरक्रिया सम्भव भएको छ ।

 यसवाट के सावित हुन्छ भने राज्यसत्ताको ढोकामा हिन्दुवादको अघोषित सेन्सर बोर्ड लगाईएको छ, र जस्तोसुकै राजनीतिक शक्ति सत्तामा आएपनि हिन्दुवादवाट संस्कारित नभईकन, मनुवाद रुपी छोईछिटो नहालिकन सत्ताघरभित्र पस्न पाउंदैन । कम्युनिष्ट नेतृत्वका सरकारहरु पनि सारमा हिन्दुवादमनुवादवाट दिक्षित भएपछि मात्र सत्ताको बडघरमा पस्न पाएको भन्न सकिन्छ ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment