www.facebook.com
यथास्थितिमा रहने दलहरुको चरित्र
राजनीतिक दलहरु घोषित रुपमा एउटा कुरा भन्छन् तर
व्यवहारमा अर्कै कुरा गर्दछन् । यसो
हुनुको प्रमुख कारण प्रत्येक पार्टीको अन्तरनीहित जातिय संरचना र एजेण्डा छन् ।
प्रायःजसो रानीतिक दलहरु कुनवावादले ग्रस्त भएको
देखाउंछ । पार्टीको नीति र नेतृत्वमा आफ्नो नाता पर्ने वा जात वाहेक अन्य कसैलाई
पनि सजिलै पुग्न नदिने असमान र अन्यायपुर्ण मापदण्डहरु राखिएका छन् ।
अरु सबैलाई लोकतान्त्रिक देख्न चाहने राजनीतिक
दलहरु आफुलाई नियमकानुन र नैतिकताको घेराभन्दा माथि राखेका छन् । सबै क्षेत्र,
समुदाय र लिङ्घवाट मत प्राप्त गर्ने राष्ट्रिय
स्तरका दलहरुको सामाजिक आधार वृहत भएपनि ती दलहरुका नेतृत्वको जातिय आधार निकै
सांघुरो छ । ठुला दलहरुको नेतृत्वमा प्रायःजसो वाहुन समुदायले कब्जा जमाएर बसेका
छन् ।
दलहरुमा आन्तरीक लोकतन्त्र समाप्तप्रायः छ
अर्थात् आवधिक निर्वाचन र पार्टीका सबै संयन्त्रहरुको नियमित बैठक गर्ने
लोकतान्त्रिक परिपाटी पालना भईरहेको छैन । नेतृत्वको दयामाया र निगाहको परिपाटी
सहनुपरिरहेको गुनासो स्वयं ती दलका कार्यकर्ताहरुले गरिरहेका छन् ।
0 comments:
Post a Comment