आदिवाशी-जनजाती मित्रहरु अहिले मुलुकमा नेपाल
आदिवाशी-जनजाती दाजु-भाइहरुले जे-जसरी संघियताको आवाज उठाईएको छ / त्यसलाई भाड्न र
बिफल पर्न केहि बिरोधी तत्वहरु खुलेर लागिरहेको देखिन्छ / जस्तै पार्टीगतरुपमा (अखण्ड नेपाल) र वाहिर प्रतक्षरुपमा
क्षेत्री-वाहुनहरु त्यसैले ति
बिरोधी तत्वहरुले के गरेर हुन्छ त्यसलाई कहिन-कहीं बाट जसरी भए पनि
आदिवाशी-जनजातीहरुको आवाजको एजेन्डालाई मोड्ने र हात-खुट्टा जबर जस्त भाचाएर अपांग
बनाउने सुनियोजित योजनामा आक्रमण गरिंदै आएको छ/ ति पिछडिएको आदिवाशी-जनजातीहरुको
अधिकारको मागलाई एकल जातको राज्य भनि गलत भ्रमको बिल्ला भिडाएर छ र संघियताले देश
टुक्रिन्छ भनि गलत भ्रम सिर्जना गरिदैछ त्यसको प्रतिकार स्वरूप स्पस्टरुपमा खण्डन
गर्न जरुरी भएको देखिन्छ /
वास्तवमा एकल जातीय
राज्य भनेको के हो भने ? अन्त्य कतै हेर्न
जानु पर्दैन त्यो एकल जातीय राज्य भनेको अहिले हाम्रै मुलुकको पुरानो राज्य
सम्रचाना र कानून निर्माण तथा प्रणाली जुन किसिमले बनाएर लागु गरिंदै छ त्यसलाई नै
जातीय राज्य भनिन्छ /
जस्तो कि अहिलेसम्म १५% देखि २०%
प्रतिशत मात्र जनसंख्या भएको जातीहरुले एकात्मक र एकल जातीय राज्य सत्ताको संरचना
र कानूनी तथा प्रणाली निर्माण गरि राज्यको हरेको अंग तथा राज्य र प्रशासन
क्षेत्रमा एकल जातिहरुले (क्षेत्री-वाहुन) मात्र एकाधिकार जमाएर मनपरीतन्त्र
गरिरहेको छन् / र अरु जातीहरुलाई आफ्नो पैताला मुनि जबर जस्ता कुल्चेर राखिएको
अवस्था छ / यसरी अरु आदिवाशी-जनजातीहरुको अधिकारको माग लाई सम्बोधन गरिदैन र यी
आदिवाशी-जनजातीहरुलाई सधै पछाडी पर्ने सुनुयोजित सड्यन्त्रहरु गरिन्छ / यसरि नै
आफ्नो वाहुनवाद लाई जबर-जस्त लाद्ने काम हुदैछ /
जस्तो कि जनजातिहरुका आफ्नै थात थलोमा कुन चाड आयो गयो पत्तो भएन । न
भाषाको संवर्धन भो । न संस्क्रितिको पहिचान गर्यो राज्यले । २० जना बाहुनको
वस्तिमा दशैं बिदा हुने । तीजको बिदा पाइने । तर दशौं हजार जनजाति बसेको
(उदाहरणकालागि भन्नु पर्दा पूर्वमा राइ, लिम्बूको पश्चिममा मगर वा
हिमालमा शेर्पाको बस्ति भनौं न) मा साकेला पर्व कहिले आयो र कहिले गयो राज्यले
पत्तो सम्म नपाउने । तिनले जबर्जस्ति स्कूलमा संस्क्रित र नेपाली भाषा घोक्नु
पर्ने । तर लिम्बु भाषाको लिपिसमेत चिन्न नपाउने । एक जनापनि खस नभएको ठाउँमा
सरकारी काममा जनजातिले कनी कनी पनि खस भाषा बोल्नै पर्ने । तर ति खसहरुले भने अरु
भाषा कहिँ कहिल्यै सिक्नै नपर्ने । पूर्वमा लिम्बुवानका नानीहरुले काठमाडौंका
जयस्थिति मल्लको ईतिहास घोक्नु पर्ने तर लिम्बुवानका ऐतिहासिक पुरुषबारे सुन्नै
नपाउने । हो यहि बिभेद रहेकाले आफ्नो पहिचान र पहुँच खोजे । यति अधिकार खोज्दा
कहाँनेर बाहुन र क्षेत्रीको अधिकार काटिन्छ ? यति अधिकार दिँदा र तिनले
लिँदा कसरि बाहुन क्षेत्रीमाथि हमला हुन्छ ? ए बाबा हाम्रो अधिकार
काटेर दिने भनेको हो र ? तिनलाईपनि अधिकार सम्पन्न बनाउने, समान ब्यवहार र अवशर दिने भनेको पो होत।
यस्तो किसिमको एकलको एकाधिकार भएको जातीय
राज्य सम्रचना र राज्य सत्ता तथा कानून र प्रणाली भएको देश लाई नै जातीय राज्य
भनिन्छ / यस्तो एकल जातीय राज्यमा सम्रचना र राज्य सत्ताले गर्दा नै मुलुकमा दण्ड
सिर्जना भएको हो / त्यस कारण ८५% प्रतिशत सम्पूर्ण नेपाल आदिवाशी-जनजाती
संघियातावादीहरु एक हुन् जरुरी भएको छ / यस्तो एकल जातीय सर्वसत्तावाद र सामन्ती
राज्य सत्तालाई जरैदेखि उखाल्नु हामी ८५% प्रतिशत नेपाल आदिवाशी-जनजाती
संघियातावादीहरुले क्रान्ती र बिद्रोह गर्न अत्यन्तै जरुरी भएको छ / त्यसैले अहिले
को यो सुनौलो अवसरमा सम्पूर्ण संघियतावादीहरु एक हौ .................! हाम्रो
अवस्य जित हुनेछ ...........

0 comments:
Post a Comment