काठमाडौ, कार्तिक १७ - संविधानसभा चुनावमा डेढ दर्जनभन्दा बढी आदिवासी जनजाति कुनै पनि दलबाट उम्मेदवार बनेका छैनन् । 'देशको मूल कानुनमा सबैले स्वामित्व लिन सक्ने बनाउन उनीहरूको प्रतिनिधित्व जरुरी छ,' नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले भने ।
प्रतिनिधित्व हुन नसकेका जनजातिमा कुमाल, कुसुन्डा, गन्गाई, चेपाङ, तोबे, तोक्पेगोला, बराम, बोटे, भोटे, मुगाल, राजी, लार्के, ब्यासी, सियार, हायु, थुदाम, सुरेल, ल्होपा र राउटेलगायत छन् । दलहरूले अल्पसंख्यक, लोपोन्मुख जनजातिलाई समेट्न नसकेको ती समुदायका प्रतिनिधिहरूको गुनासो छ ।बोटे समाज सेवाका सचिव राजकुमार बोटे दोस्रो संविधानसभाको चुनावमा आफ्नो जातिको प्रतिनिधित्व हुन नसकेको बताए । 'बन्दसूचीमा एकजनासम्म परेको भए पनि वेश हुन्थ्यो पर्न सकेन,' उनले भने
- See more at: http://www.ekantipur.com/np/2070/7/17/full-story/378573.html#sthash.h1nugfhg.dpuf
0 comments:
Post a Comment