जातपातको त्यति
ठुलो समस्या नभएको युरोप त्यस मध्ये पनि जर्मनी र त्यसपछि रुस जहाँ जातपातको
भेद्भाव छैन, त्यस्तै चाइनामा
जहाँ एउटा जातिले अर्को जातिलाई छुनै नहुने, एउता जातिले पकाको अर्को जातिले खानै नहुने भन्ने छैन
त्यहाँ वर्गीय राजनीति ठिक हुनसक्छ । तर भारत नेपाल जस्तो मुलुक जहाँ मनुस्मृतिले
समाजलाई बिभाजन गरेको छ । मान्छेको घरमा कुकुर पस्न हुन्छ तर मान्छे पस्नु हुन्न ,
यहाँ यस्तो समाज छ जहाँ मान्छेले मरेको
मान्छेसँग बिहे गरेर बसेको छ । जस्तो, कुनै आईमाई तरुनी अवस्थामा बिधवा भइन वा वाल बिधवा भईन यस्तो संस्कार
बसाल्दिएको छ कि उ लोग्ने मरे पनि मरेको लोग्नेसँग आजीवन विहे गरेर बस्नुपर्छ ।
एउटा जात अर्को जातसँग बस्नै नहुने, खानै नहुने । यसरी मनुस्मृतिले गर्दा खानपिन सँगै गर्न नहुने हिन्दूबादी
समाजले जसलाई दलित अछुत भनिदिएको छ, उसले खाद्यको व्यापार गर्न सक्दैन । राशनपानी ,चियापानको दोकान गर्न सक्दैन । रेस्टुरेन्ट खोल्न सक्दैन।
त्यो वर्गको कारणले नसकेको हो कि जातको कारणले नसकेको हो ?
काठ्मान्डुकै
कुरा गर्दा धरहराको छेउमा कामी, दमाइ, मगर, सार्की, गुरुङ तमाङ सबैले
दिउसो ठेलागाडा तान्छन तर बेलुकी दमाइ दमाइकै ठाँउमा, कामी कामीकै ठाँउमा, मगर मगरकै ठाँउमा जान्छन यदि वर्गको हिसाबले भन्ने हो भने त
एकै ठाउमा बस्नुपर्ने हो नी तर तिनीहरूको एक अर्कामा भान्सा पनि चल्दैन । त्यो
गरिव गरिवको विचमा बिहेवारी पनि चल्दैन । यदि वर्गको कुरा हो भने त्यस्तो विभेद
पक्कै हुन्थेन ।
त्यसकारण यस्तो
जातपात र छुवाछुत भएको ठाँउमा मार्क्सवादले काम गर्देन । अर्को कुरा मार्क्सवादले
मान्छेलाई अति भौतिकीकरण गरेको छ । जात भनेको स्त्री र पुरुष मात्र हुन्छ भन्यो ।
यो व्याख्या अनुसार स्त्री र पुरुष मात्र हो भने भाले र पोथीको मात्र कुरा आउछ,
त्यो समाजले किन दाजु र बहिनी मान्ने ? आमा छोरा किन मान्ने ? त्यसकारण मार्क्सवादको अति भौतिकबादी व्याख्या गलत छ ।
मनुस्मृतिले
खाएको यो हिन्दूवादी नेपाली समाजमा गरिव हुनुमा पनि जातिवादी, धार्मिक, सामाजिक कारण छ । त्यसकारण जुन कारणले गरिवीमा फँसेको छ,
जुन सामाजिक रुपमा अपमानित भएर बसेको छ त्यसबाट
मुक्ति दिनु पर्यो नि पहिला त ! त्यसो भएको हुनाले नेपालको सन्दर्भमा मार्क्सवाद
उचित छैन भनेको हुँ । तर जो समाजमा स्थापित छन जस्तै बाहुन- भाषा, धर्म उसैको लागु छ । उसैको मान्छे शिक्षित छन्
। उसैका मान्छेलाई सरकारी सुबिधा छ । उसैको मान्छे हारेपनि जितेपनि सिहदरबार भित्र
छिरेका छन । हरेक ठाँउमा सिडिओ बाहुन छन । न्यायाधिस बाहुन छन । मन्दिरमा घन्टी
बजाउने बाहुन पनि बन्दुक समाएर आर्मी पुलिसमा हाकिम भएर बसेकाछन । हामी बन्दुक
समाउने भनेर बदनाम भएको जनजाति चाँही पेट पाल्न बिदेश लाग्न परेकोछ ।
from https://www.facebook.com/genius.rai26
0 comments:
Post a Comment