लिम्बुवान आन्दोलनले सफलताको शिखर चुमिरहेको समयमा लिम्बुवानप्रती सबैको ध्यान केन्द्रीत हुनु स्वभाबिक पनि हो | तसर्थ सकारात्मक नकारात्मक टिप्पणी भैरहेका छन् | यसलाई अन्यथा लिनु पनि हुदैन |बिशेष गरी लिम्बुवान बाहिरका मित्रहरु लिम्बुवानबारे अनभिज्ञ हुनुहुन्छ झट्ट सुन्दा लिम्बु जातिको पछाडी झुण्ड्याईएको वान भनेर मात्र बुज्नुहुन्छ र बिरोध गर्नुहुन्छ | हुनत कुराको जरासम्म गएर आफ्नो प्रतिक्रिया राख्ने हाम्रो बानि पनि हुदैन हामी झट्ट सुन्दा वा देख्दा जहाँ जे देखिन्छ र सुनिन्छ त्यसलाई झट्ट प्रतिक्रिया दिने चलन छ |
लिम्बुवान्सम्बंधी १,२ कुरा प्रस्तुत गर्न मन लाग्यो | जसमा लिम्बुवान राज्यको माग कतिसम्म जायज हो भन्ने केहि तथ्यहरु ........
१,"लिम्बु" भन्ने पदावाली आफैमा ऐतिहासिक हो किन त भन्दा लिम्बु उत्पति हुनु अघि अर्थात् लिम्बुवान हुनु अघि तत्कालिन भूमिमा राज्य गर्ने राजा ,महाराजाहरु वा तत्कालिन सासकहरु अत्यन्तै क्रुर र निरंकुस भएका कारण तिनीहरुको बिरुद्धमा युद्ध गरि परात्स्त गरेर बिजय प्राप्त गर्ने समूह नै लिम्बु हो |
२,"लिम्बु" भन्ने पदावली कसरी रहन गयो त भन्ने प्रश्न यहाँ खडा हुन् सक्तछ | किन त भन्दा माथि न. १ मा भनिएको युद्ध लड्दा प्रयोग गरिएको हतियारको नाम लिम्बु भाषाबाट "ली " (धनु ),आबु आङ ( प्रहर गरेर ) विजय प्राप्त गरेको हुनाले यो बिजय प्राप्त गर्ने समुह "लिम्बु" हो भनि सम्बोधन गरिएको हो |
३",लिम्बुवान "भन्ने पदावली कसरी रहन गयो त भन्दा , माथि न.१,र २ मा भनिए झैँ' ली आबुआङ ' जितेको भुमि भएकोले वा लिम्बु समुहले जितेको भुमि भएकोले त्यो भूमिको नाम लिम्बुवान भनियो |
४, अब नेपाल एकिरणको समयमा , नेपाल एकीकरण हुन् अघि पृथ्बी नारायण शाहको लिम्बुवानमा १७ औ पटक आक्रमण गर्दा पनि हार व्यहोरेपछी लिम्बुवान स्वायत रहने सर्तमा नेपालमा समाहित भएको भुमि लिम्बुवान भुमि हो |
५,लिम्बुवान स्वायत रहने सर्तको सम्झौता ताम्रपत्र अझै जिबित छ जसको दोस्रो सम्झौता नभई महेन्द्रले भूमिसुधार भनि षड्यन्त्रपुर्बक बिनासर्त लिम्बुवान स्वायत अपहरण गरेका हुन् |कुनै पनि पहिलो सम्झौतालाई दोस्रो सम्झौताले तोड्नु पर्दछ तर त्यो नभई बिनासर्त अपहरण गर्ने काम भएको छ |
६,लिम्बुवानमा जति पनि गाउ, ठाउ, खोला, नाला आदी इत्यादीको सबै नामाकरण लिम्बु भाषामा राखिएका छन् जसले नेपाल एकीकरणभन्दा पुरानो ऐतिहासिकतालाई पुष्टि गर्छ |
७.लिम्बु भाषा, लिपि, सस्कृति, धर्म जस्ता पहिचान जनितता लिम्बुवानमा ऐतिहासिक भएको कारण नेपाल संघिय संरचनामा जादा विस्वव्यापी अपनानाइने पहिचानको आधारमा लिम्बुवान राज्य हुनु पर्दछ भन्ने हो |
८,यहाँ धेरै सुन्न र देख्न पाइने लिम्बुवानको मुद्धा मावोबादीले उठान गरेको भनिन्छ तर त्यो नभई विभिन्न काल खण्डमा उठान हुदै आएका कुरा हुन् तर मावोबादी युद्ध कालमा पनि उठान नभको भने होइन |
९,संबिधान सभा निर्बाचन पश्चात पनि राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले न . १ मा र बिज्ञ समुह आयोगले पनि न १ मा लिम्बुवान राज्य को नाम भएको प्रतिबेदन दिएको महत्वपूर्ण आधार हो |
१०, अहिले लिम्बुवानमा लिम्बुहरु मात्र छैनन् | लिम्बुवान ऐतिहासिक पृष्ठभूमि र पहिचानको आत्मसम्मानको लागी नामाकरण हो | लिम्बुवानमा समाज बिकासको नियम अनुसार बसाइ सरि आएका र पहिलेदेखि नै थात थलो खुलेकाहरुप्रती पनि उप स्वायत , बिशेष स्वायत वा क्षेत्रीय स्वायतले सम्बोधन गरिने नै छ अर्को कुरा लिम्बुवान नेतृत्वले सधै पहिलो प्राथमिकतामा राखेको नारा संघियता , गणतन्त्र र धर्म निरपेक्षत , समाबेशी र समानुपातिकले अन्य लिम्बुवानबासी सबैलाई सम्बोधन गर्दछ |
११,लिम्बुवानी आन्दोलनलाइ हाँक्ने मंच सम्बद्व सघिय राज्य परिषद संघिय सह-अस्तित्व तथा संघिय सामुदायिक समाजबाद आफ्नो मार्ग निर्देशन भएकोले यसले आफु बराबर अरुलाई पनि ठान्नु पर्दछ भन्छ वा म मात्र केहि होइन उ पनि केहि हो अर्थात् एकले अर्काको अस्तित्वलाई सधै समान रुपमा हेर्नु पर्दछ वा स्वीकार्नु पर्दछ भन्छ |
१२,लिम्बुवान लिम्बुहरुको मात्र नभई लिम्बुवानबासीहरुको हो |
१३, लिम्बुवानले सधै भन्ने गरेको प्रमुख नारा लिम्बुवान हाम्रो घर , नेपाल हाम्रो देश, सदा सदा कालसम्म नेपालमा रहने लिम्बुवान हुनेछ |
१४,,संघियता अन्तर्गत लिम्बुवान हुदा टुक्रेर जान्छ भन्ने कुरा भ्रामक प्रचारबाजी मात्र हुन् | किनकी नेपाल सुरक्ष अन्तर्गत नेपाली सेना , अन्तर्राष्ट्रिय कुटनीतिक मामला , मुद्रा निष्काशन जस्ता अखण्ड नेपाल हुने महत्वपूर्ण अधिकार सिंगो संघमा वा केन्द्रीय सरकारमा निहित हुदा टुक्रेर जाने कुरै भएन |
Share:
Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा
0 comments:
Post a Comment